Rule 11
अनलाइनबाट निवेदन दिन सकिने
(१) विभागले राहदानीका लागि अनलाइनबाट फाराम भर्ने र फाराम तथा कागजातको प्रतिलिपि पेश गर्ने व्यवस्था गर्न सक्नेछ ।

(२) बिभागले उपनियम (१) बमोजिम फाराम भर्ने तथा कागजातको प्रतिलिपि समेत पेश गर्ने व्यवस्था गरेकोमा विद्युतीय माध्यमबाट कागजात अपलोड गर्ने व्यवस्था गर्न सक्नेछ । (३) उपनियम (२) बमोजिमका कागजात पेश गर्ने समय, तरिका र अनलाइन निवेदन सम्बन्धी अन्य व्यवस्था विभागले निर्धारण गरे बमोजिम हुनेछ ।